Aamsanchar

भक्तपुरबाट लागूऔषधसहित पाँच पक्राउ

Author Image
मङ्गलवार, साउन १५, २०७५

भक्तपुर ।

महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा, पर्सा धोबनी गाउँपालिका–२ का १७ वर्षीय पृथ्वीराज सिंह, मध्यपुरथिमी नगरपालिका–५ का २७ वर्षीय राजेश प्रजापति,मकवानपुर सानोपोखरा–५ का २१ वर्षीया सुष्मा तिमिल्सिना र मध्यपुरथिमी नगरपालिका–६ का २५ वर्षीय दिनेश भासी रहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट फेनेरगन १०० थान, नोफिन ७९० थान र डाइजोल्याब १०० थान बरामद गरेको जनाएको छ ।

Views: 164

प्रतिक्रिया (०)