Aamsanchar

डेरी उद्योगले उत्पादन गरेको चार अर्बको घिउ बिकेन

Author Image
बिहिवार, साउन १७, २०७५

काठमाडौं ,

डेरी उद्योगले उत्पादन गरेको करिब चार अर्ब रुपैयाँको घिउ बिक्री नभएपछि उद्योगी चिन्तित भएका छन्।

न्यून बिजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घिउसँग प्रतिस्पर्धा गर्न नसकेपछि घिउ बिक्री नभएको डेरी सञ्चालकको भनाइ छ।  करिब चार अर्ब रुपैयाँको घीउ बिक्री नभएपछि स्टक रहेको नेपाल डेरी एसोसिएसनले जनाएको खबर नागरिक दैनिकमा छ।

घिउ बिक्री नहुँदा किसानलाई दिने भुक्तानी समेत रोेकिन थालेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए। चार अर्ब रुपैयाँको घिउ बिक्री नहुँदा किसानको भुक्तानी पनि रोकिएको छ।

उनले भने भारतबाट रामदवेलगायत विभिन्न ब्राण्डको घिउ निकै सस्तो मूल्यमा आयात भएपछि समस्या आएको हो सापकोटाका अनुसार भारतमै प्रतिकिलो साढे पाँच सय भारुमा बिक्री भएको रामदेवको घिउ नेपालमापनि त्यहि मुख्यमा बिक्री हुने गरेको छ।

Views: 129

प्रतिक्रिया (०)