Aamsanchar

हल्दिवारीको बजेट ४४ करोड ४८ लाख ८५ हजार

Author Image
बिहिवार, साउन १७, २०७५

झापा।

हल्दिवारी गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को लागि अनुमानित बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले बुधबार हल्दिवारी माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा आर्थिक बर्ष २०७५÷०७६को अनुमानित ४४ करोड ४८ लाख ८५ हजारको बजेट सार्वजनिक गरेको हो ।

नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान मार्फत ९ करोड ८० लाख, आन्तरिक आय २०७५÷०७६ को राजश्व प्रक्षेपणमार्फत एक करोड ६४ लाख, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदानबाट ११ करोड ३८ लाख, रजिष्टे«शन वाँडफाँड र स्रोत वाँडफाँडबाट ३ करोड ९ लाख ८५ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ३५ लाख, नेपाल सरकार राजश्व बाँडफाँडमार्फत ६ करोड ५३ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान एक करोड, सामाजिक सुरक्षा भत्तामार्फत ८ करोड ६९ लाख र सम्पत्ति बिक्रीबाट २ करोड अनुमानित आय रकम रहेको छ ।

त्यसैगरी आर्थिक विकासका लागि ३ करोड, भौतिक पूर्वाधारका लागि ४ करोड, सामाजिक विकासका लागि ३ करोड, बन वातावरण विपद् व्यवस्थापनका लागि ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहका लागि ५० लाख, समपूरक कोषका लागि एक करोड, सामाजिक सुरक्षा अनुदानका लागि ८ करोड ६९ लाख, वडागत कार्यक्रमतर्फ २ करोड २० लाख, आर्थिक बर्ष २०७४÷०७५मा सञ्चालित योजना तथा कार्यक्रमहरुको भुक्तानी दिन बाँकी ५ करोड २१ लाख ८५ हजार, चालू खर्चतर्फ ४ करोड, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान खर्च एक करोड र नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान खर्चतर्फ ११ करोड ३८ लाख खर्चतर्फ रहेको छ ।

सोही कार्यक्रमकाबीच गाउँपालिकालाई १४ कठ्ठा ७ धुर जग्गा उपलब्ध गराउने खड्गमाया थाम्सुहाङ, ७ कठ्ठा १ धुर भूपाल लिम्बू, ४ कठ्ठा तिलकप्रसाद सुवेदी, ४ कठ्ठा सन्तोष माङ्हिम, १ कठ्ठा माइतीराज राईलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगरपालिकामा तिर्नु पर्ने ४ बर्षको कर समेत मिनाह गरिएको जनाइएको छ । त्यसैगरी नगरपालिकाका सर्वोत्कृष्ट कर्मचारीका रुपमा खरिदार नारायण दाहाल र उत्कृष्ट कर्मचारीका रुपमा लेखापाल दीपकचन्द्र आचार्यलाई सम्मान गरिएको थियो । उनीहरुलाई सम्मानपत्रसहित क्रमशः २५ हजार र २० हजार नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

नगरपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संघीय संसद सदस्य राजेन्द्रप्रसाद लिङ्देन रहेका थिए । वडा नम्बर २का अध्यक्ष राजेन्द्र योङ्हाङले स्वागत गरेको कार्यक्रममा प्रदेश सांसद पूर्णसिंह राजबंशी, पूर्व सभासद मोहन टुडू लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले गरेका थिए ।

Views: 230

प्रतिक्रिया (०)