Aamsanchar

बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

Author Image
बिहिवार, साउन १७, २०७५

तेह्रथुम ।

कोशी पहाडी जिल्ला तेह्रथुममा दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बु पक्राउ परेका छन् ।

गोठालो गएकी बालिकालाई लिम्बुले साउन ५ गते नै करणी गरेका थिए । तर घटनाबारे बालिकाले कसैलाई पनि थाहा नदिएपछि साउन ११ गतेसम्म घटना गुपचुप भएको थियो ।

घटनालाई गाउँमै मिलाउन प्रयत्न भैरहेको थाहा पाएपछि स्थानीय अधिकारकर्मीहरुको अगुवाईमा प्रहरीमा जाहेरी दिइएको थियो ।

घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय संक्रान्ति बजारको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक बासुदेव यादवले जानकारी दिए ।

Views: 137

प्रतिक्रिया (०)