Aamsanchar

ठूलो नेते काठको फड्के पुलको उदघाटन

Author Image
शुक्रवार, साउन १८, २०७५

खुदुनाबारी ।

झापाको अर्जुनधारा–१ स्थित ठूलो नेते काठको फड्के पुलको उदघाटन भएको छ । उक्त फड्के पुलको उदघाटन अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार रानाले गरेका हुन् ।

पुलको उदघाटन गर्दै नगर प्रमुख रानाले सानो नेतेमा यसै वर्षमा पक्की पुल बन्ने बताए । तीनवटा सामुदायिक वनको लागत २९ लाख ९२ हजार २ सय ३१ रुपैंया र अर्जुनधारा नगरपालिकाबाट ५ लाख रुपैंया पुल निर्माणको लागत प्राप्त भएको शान्ति सामुदायिक वनका सह–सचिव एंव पुल निर्माणका सदस्य हेमराज आचार्यले प्रस्तुत गरेका थिए ।

हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्र तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, वन महासंघ झापाका अध्यक्ष वेद प्रसाद भण्डारी, रोङ–२ का अध्यक्ष टेक बहादुर तामाङ, जुकेखाडी वनका अध्यक्ष दिव्य कटटेल, अर्जुनधारा नगरसभा सदस्य माधव आचार्य लगायतले बोलेका थिए ।

शान्ति सामुदायिक वनका अध्यक्ष तुलसी खतिवडाको स्वागत रहेको कार्यक्रम संञ्चालन इन्द्र कुइकेलले गरेका थिए ।

अर्जुनधारा नगर क्षेत्रका शान्ति र हलुवागढ सहित रोङ गाउँपालिका क्षेत्रको वरफल्याङ सामुदायिक वनको साझेदारीमा उक्त पुल सम्पन्न भएको जनाइएको छ ।

Views: 224

प्रतिक्रिया (०)