Aamsanchar

नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान

Author Image
शुक्रवार, साउन १८, २०७५

बुद्धशान्ति ।

शैक्षिक गुणस्तरको क्षेत्रमा बुद्धशान्तिमा रहेका अन्य निजि तथा सामुदायिक विद्यायलहरुको माझ एउटा छट्टै नाम स्थापित गराउन सफल बुद्धशान्ति गाँउपालिका १ स्थित मुनामदन एकाडेमिले शुक्रबार एक कार्यक्रमका बिच कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

२०७४ सालको एसइइबाट उतीर्ण भएर भर्ना हुन आएका १४७ जना नव आगन्तुक विद्यार्थीहरुलाई विद्यालयले सम्मान तथा स्वागत गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य ढंगानाको अध्यक्षता, बुद्धशान्ति गाँउपालिकाका अध्यक्ष रमेश कुमार भुजेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा , गाँउ शिक्षा अधिकारी कमल निरौला , बुधबारेका स्रोत व्यक्ति सुर्य ढुंगाना, वडा नं ६ का वडाध्यक्ष शम्भु पौडेल, वडा नं ७ का वडाध्यक्ष मात्रिका पौडेल, सीता रमेश क्याम्पसका क्याम्पस प्रमुख केशव ढुंगेल ,स्वास्थ्यकर्मी दिपक सापकोटा, पुर्वाञ्चल दैनिकका समचारदाता दिपेन लावती, बुद्धशान्ति साप्ताहिकका रोसन भट्टराई, संञ्चारकर्मी सरोज निरौला, विभिन्न बैङ्ग सहकारीका पधादीकारी लगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यालयका फाउन्डर तथा प्रिन्सिपल चेतन ढुंगेलले स्वागत मन्तव्य तथा कार्यक्रममाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका फाउण्डर÷प्रिन्सिपल ढुंगेलले ‘आफ्नो विद्यालय बुद्धशान्तिको अलिक दुर्गमभेगमा भए पनि पढाईको गुणस्तरमा कुनै सहमती नगरि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोले अन्य विद्यालयको सरह शिक्षामा आफ्ना विद्यार्थी अब्बल रहेको तथा अत्तिरिक्त कृयाकलापहरुमा अझ बढि सक्रिय रहेको बताए । कक्षा ११÷१२ का विद्यार्थीहरुले विभिन्न सांस्कृति प्रस्तुतती दिएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अनिल आचार्यले गरेको थिए ।

Views: 129

प्रतिक्रिया (०)