Aamsanchar

ट्याक्सी नदीमा खस्यो आमाछोरा बेपत्ता, खोजि तिब्र

Author Image
शुक्रवार, साउन १८, २०७५

म्याग्दी ।

म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी शुक्रबार नदीमा खस्दा दुई बेपत्ता भएका छन् ।

बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनका आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेल मैदानको डिलबाट नदीमा खसेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए। बेपत्ता ट्याक्सी र अधिकारी आमाछोराको खोजीमा प्रहरी तथा स्थानीय बासिन्दा परिचालन भए पनि अझै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाले जानकारी दिए ।

Views: 118

प्रतिक्रिया (०)