विराटनगर,

विराटनगरमा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ। विराटनगर महानगरपालिका १४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्भटमा अन्दाजी २२ वर्षीय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

स्थानीयवासीले दिएको सूचनापछि पुगेको प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि कोशी अंचल अस्पताल पठाएको छ। तराई मूलको जस्तो देखिने युवतीको शवको हालसम्म सनाखत हुन नसकेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

शव नाङो अवस्थामा भेटिएकोले बलात्कार गरी सो ठाउँमा फालिएको हुन सक्ने आशंका गरिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त शव पोष्मार्टमको लागि विराटनगरको कोशी अञ्चल अस्पतालमा पठाएकाे जानकारी दिएकाे छ। थाहाखबरबाट

Views: 179

