Aamsanchar

कार्यालय प्रमुखसहित चार जना पक्राउ

Author Image
शनिवार, साउन १९, २०७५

तेह्रथुम,

तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिदाको दिन घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उनीहरु चारै जनाले आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीले जनाएको छ । ती समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई वटा कुर्सीसमेत भाँचिदिएको छ । पक्राउ परेकालाई हिरासतमा राखिएको प्रहरी निरीक्षक दाहालले बताउनुभयो । उहाँका अनुसार आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

Views: 123

प्रतिक्रिया (०)