Aamsanchar

बुद्धशान्ति गाउँपालिकामा प्राबिधिक शिक्षाको पहल

Author Image
सोमवार, साउन २१, २०७५

दिपेन लावती/ शान्तिनगर,

झापाको बुद्धशान्ति गाउँपालिकामै प्राबिधिक शिक्षा प्रदान गरिने गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले उद्घोष गरेका छन् । बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा स्थित मुनामदन एकाडेमी अग्रेजी बिद्यालयले बुधबारे स्थित ग्रीन भ्यू–रिर्सोटमा आयोजना गरेको कक्षा–११ का बिद्यार्थीहरुको स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष भुजेलले सो कुरा बताएका हुन् ।

एसइइ तथा कक्षा १२ उत्तिर्ण बिद्यार्थी मोटो रकम खर्च गरेर झापा बाहिर गएर पढ्नु पर्ने बाध्यता हट्ने उनको भनाई थियो । उनले भने, ‘नेपाल सरकारको शिक्षा नीति अनुसार नै बुद्धशान्तिका सामुदायिक र संस्थापक बिद्यालयलाई हेरेका छौ ।’ अवको शिक्षा ब्यावहारिक हुनुपर्छ । तव मात्र शिक्षाको गुणस्तर बढ्छ ।

सस्थापक बिद्यालयले शिक्षामा ठुलो भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष भुजेलले सामुदायिक र नीजि बिद्यालयबाट उच्च शिक्षा हासिल गरेका बिद्यार्थीले प्राबिधिक शिक्षाका लागि अन्यन्त्र जानु नपर्ने धारणा राखे । हामी यही प्राबिधिक शिक्षा उपलब्ध गराउन सक्षम छौ । उनले भने, ’केही समय लाग्ला तर प्राबिधिक शिक्षा यहि पढ्न सक्ने बातावरण बनाउछौ ।’

बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाका प्रमुख कमल निरौलाले मुनामदन एकाडेमीले (साबिक शान्तिनगर) मा शिक्षामा पु¥याएको योगदानको खुलेर प्रसम्सा गरे । उनले नीजि बिद्यालयको शिक्षाको गुणस्तर जस्तै सामुदायिक बिद्यालयको पनि बनाउने बिस्वास दिलाए । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक सापकोटा, ६ नम्बर वडाध्यक्ष शम्भु प्रसाद पौडेल, सिता रमेश बहुमुखी क्याम्पस बुधबारेका प्राचार्य केशब ढुङगेल, ७ नम्बर वडाध्यक्ष मात्रिका प्रसाद पौडेल, स्रोत ब्यक्ति सुर्य सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

यसका साथै बिभिन्न संघ–संसथाका प्रतिनीधि, शिक्षक, स्थानीय जनप्रतिनीधि, पत्रकार लगायत ३ सय बढिको उपस्थिती रहेको थियो । बिद्यालयले २०७३ सालबाट कक्षा ११ र १२ संचालन गर्दै आएको छ । हाल कक्षा ११ र १२ मा ३ सय बढि बिद्यार्थी अध्ययनरत् छन् । बिद्यालयले गुणस्तरिय शिक्षासंगै अतिरिक्त क्रियाकलापमा समेत बिद्यार्थीहरुलाई अब्बल बनाएका छन् ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य ढुङ्गानाको सभापतित्वमा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भूजेलको प्रमुख आतिथ्य तथा उपाध्यक्ष मीरा भूर्तेलको बिशेष आतिथ्य रहेको थियो ।

बिद्यालयका प्रिन्सिपल चेनत ढुङगेलले स्वागत गरेको कार्यक्रममा बिद्यार्थीहरुले गीत, कबिता, नृत्यका साथ साथै प्रितम एण्ड ब्यापक ब्याण्डले साँगीतिक प्रस्तुती दिएको थियो । कार्यक्रमको संचालन बिद्यालयका शिक्षक अनिल आचार्यले गरेका थिए ।

Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर