Aamsanchar

बालाजुमा प्रहरी आतंक, यौन धन्दा र जुवातासमा लागेका १३४ जना पक्राउ

Author Image
सोमवार, साउन २१, २०७५

काठमाडौँ।

महानगरीय प्रहरी वृत बालाजुको बिशेष स्वीच अपरेशनले १३४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गरेको स्वीच अपरेशनमा बालाजु बाइपासबाट मुड्खु सम्मको विभिन्न होटलमा छापा हान्दा २३ जना महिला समेत पक्राउ परेका छन् ।

होटलहरुमा यौन जन्य गतिविधिहरुको वृद्धि भएको जनगुनासोका आधारमा अपरेशन थालिएको बालाजु प्रहरी बृतका डिएसपी चिरिञ्जीवी कोइरालाले जानकारी दिए ।

होटलहरुमा छापा हान्ने क्रममा होटलहरुकै आन्तरिक सुराकीका आधारमा केही जोडीहरु भागेका छन् । यस्तै स्वीच अपरेशनबाट लाखौ लाख रुपैयाँ बराबरको बाजी राखी तास खेल्ने जुवाडेहरु समेत पक्राउ गरिएको डिएसपी कोइरालाले बताए ।

तास सँगै प्रहरीले बनस्थली, माछापोखरी, गंगा हल श्रेत्रबाट क्यारेमबोड, पोट, स्नुकरमा ठूलो रकम बाजी खेलीरहेकाहरुलाई समेत नियन्त्रणमा लिएको छ । केही साताअघि माात्र सरुवा भएर आएका डिएसपी कोइरालाले पछिल्लो समय विभिन्न अपरेशनलाई तीब्रता दिएका छन् ।-दैनिक नेपाल

Views: 192

प्रतिक्रिया (०)