बिर्तामोड ।

सवारी दुर्घटनामा परि बुद्धशान्ति १ का २७ बर्षिय पंकज कोइरालाको (आज) मंगलबार विहान मृत्यु भएको छ ।

(हिजो) सोमबार साँझ ६ : ३० बजे विर्तामोडबाट सुरुंगा तर्फ जाँदै गरेको ना १ झ ५८६ नम्बरको इलाका प्रहरी कार्यालय सुरुंगाको गाडीले वितरित दिशाबाट आउँदै गरेको मे ८ प १२२३ नम्बरको स्कुटिलाई ठक्कर दिँदा स्कुटरमा सवार कोइरालाको उपचारको क्रममा वीएण्डसी अस्पताल विर्तामोडमा आज विहान ५ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव निरीक्षक कालिदास रेग्मीले जनाएका छन् ।
Views: 62

