Aamsanchar

थाल टिप्न खोज्दा नहरले बगाएर दिदीभाइ बेपत्ता

Author Image
मङ्गलवार, साउन २२, २०७५

सुनसरी,

सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा डुबेर एकै परिवारका दुई जना बालबालिका बेपत्ता भएका छन् ।

सिंचाइ आयोजनाको रामधुनी नगरपालिका –३, मा डुबेर एकै परिवारका २ जना दिदीभाइ बेपत्ता भएका हुन् । मंगलबार दिउँसो नहरमा डुबेर स्थानीय ११ वर्षीय सृजना खड्का र ९ वर्षीय आश्विन खड्का डुबेर बेपत्ता भएका हुन । भाँडा माझ्ने क्रममा पानीले थाल बगाएपछि थाल टिप्न ९ वर्षीय आश्विन र उनकी दिदी सिर्जना नहरमा पसेका थिए ।

उनीहरूको खोजी कार्य जारी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर