Aamsanchar

जमेको पानीमा डुबेरमा मृत्यु

Author Image
आइतवार, साउन २७, २०७५

झापा ।

पैनीमा जमेको पानीमा डुबेरमा शनिबार एकजना व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ३ निवासी तोले कान्छा भनेर चिनिने ६० वर्षीय तीलबहादुर राईको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए।

उनका अनुसार घरनजिकै रहेको बालडुग्रा पैनीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई डुबेकै अवस्था मृत भेटिएको प्रहरी निरीक्षक जवेगुले बताए।

मृतक राईको एउटा खुट्टा छोटो र एउटा हात चल्दैनथियो। यता, घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Views: 408

प्रतिक्रिया (०)

सम्बन्धित खबर