उदयपुर ।

पूर्वी पहाडी जिल्ला उदरपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

धरानबाट रामपुर आउँदै गरेको स ७ प ३०९० मोटरसाइकलले वेलका नगरपालिका–८ बहिरु खोलामा शनिबार राति भैँसीलाई ठक्कर दिँदा चालक चितवन पर्वतीपुर नगरपालिका– २३ का ३१ वर्षीय सागर सापकोटाको मृत्यु भएको हो।

भैँसीसँग ठोक्किएर गम्भीर घाइते भएका सापकोटालाई उपचारका लागि धरान लगिएको थियो। बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सीका प्रहरी निरीक्षक नविनकुमार सिंहले बताए।

Views: 173

