Aamsanchar

घरजग्गाको मूल्य वृद्धिप्रति स्थानीय आक्रोशित

Author Image
बिहिवार, साउन ३१, २०७५

नेपालगञ्ज, 

बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

मनोमानीरूपमा कर बढाएपछि विभिन्न वडाका स्थानीय बासिन्दाले नगरपालिकाको ध्यानाकषर्ण गराउँदै तत्काल निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

सरकारी मूल्याङ्कनलाई ७० प्रतिशत आधार मानेर स्थानीय तहले ३० प्रतिशतसम्म कर बढाउन सक्ने व्यवस्था छ । तर वडा कार्यालयले ३०० प्रतिशतसम्म कर वृद्धि गरेको कोहलपुर नगरपालिका वडा नं ८ का स्थानीय पूर्णप्रसाद आचार्यले बताउनुभयो ।

वडा कार्यालयले मापदण्डविपरीत कर असुलेको गुनासो नगरपालिकामा आएको बताउँदै उपप्रमुख सञ्जुकुमारी थारुले नियमविपरीत लागू गरिएको कर सम्बन्धी निर्णयलाई सच्याइने छ भन्नुभयो ।

Views: 178

प्रतिक्रिया (०)