शिवसताक्षी,

झापाको शिवसताक्षीको दूधेमा रहेको संग्रौला ब्रदर्शमा विहीबार साँझ आगलागी हुँदा करोडौको क्षति भएको छ । दूधे बजार स्थित कृष्ण पोख्रेलको घरमा रहेको संग्रौला ब्रदर्शमा आगलागीमा करिब डेढ करोडको क्षति भएको सञ्चालक रमेश संग्रौलाले बताए ।

बन्द गरेको पसलमा साँझ अचानक आगलागी भएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि पसलमा रहेका फ्रिज, टिभी, रेडियो लगायत सम्पूर्ण विद्युतीय सामान जलेर नष्ट भएको छ ।
स्थानीय वासी, प्रहरी मिलेर ९ बजे आगो नियन्त्रणमा लिएका थिए । आगालागीबाट घरमा समेत क्षति पुगेको छ । आगलागी नियन्त्रणमा दमक र विर्तामोडको दमकल केही समय ढिलो आइपुगेको स्थानीयले बताए ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । पसलसंगै रहेको पदम घिमिरेले सञ्चालन गरेको ग्यासलाई भने स्थानीयले हटाउन सफल भएका थिए । ग्यास हटाउन नसकेको भए ठूलो जनधनको क्षति हुने थियो । आगलागी भए लगत्तै उद्धारमा आमसञ्चारकर्मी समेत खटिएका थिए ।

उनका अनुसार घिमिरेको पसलमा रहेको १५७ वटा ग्यास सिलिण्डर हटाउन सफल हुनु राम्रो भएपनि नगरपालिकासंग नै दमकल नहुदा ठूलो क्षति हुन पुगेको बताए ।

