Aamsanchar

नारायणी नदीको भङ्गालोको त्रास बोटे वस्तीमा

Author Image
शुक्रवार, भदौ १, २०७५

नवलपुर,

वर्षेनी वर्षात्को समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे वस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो निरन्तर वस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बन्दै आएका छन् ।

नदीको कटानका कारण आफूहरुको बास जोखिममा परेको मध्यबिन्दु नगरपालिका–२ की कमलाकुमारी राना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘बाससँगै खेतीयोग्य जमीन पनि बगरमा परिणत हुँदा गास पनि खोसिएपछि अहिले त्रास र दुःख मात्र बाँकी छ ।’’

आफूले थाहा पाउँदा नदी वस्तीबाट धेरै टाढा रहेको बताउँदै ५२ वर्षीय रानाले अकल्पनीयरुपमा नदी बस्तीमै आइपुग्दा यस क्षेत्रका ४२० घर उच्च जोखिममा परेको बताउनुभयो ।

अर्का स्थानीय बासिन्दा नारायणप्रसाद महतोले वर्षेनी वस्तीतर्पm बढेको नदी गम्भीर चिन्ताको विषय बनेको बताउँदै हालै नदीको बहाव अत्यधिक बढेपछि डरले रातमा जाग्राम बस्नु परेको दुखेसो सुनाउनुभयो । अघिल्लो वर्षमात्रै साउन १८ गते उर्लिएको नदीका कारण यहाँका १८ घर बगाउँदा मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ बराबरको धनमाल, पशु चौपाया र खेती बगाएर ठूलो नोक्सान भएको उहाँले बताउनुभयो ।

Views: 87

प्रतिक्रिया (०)