Aamsanchar

बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट संसद्‌लाई पत्र

Author Image
सोमवार, साउन १७, २०७३

काठमाडौँ :

download

अब बहुमतीय सरकार गठनका लागि प्रकिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखलाई पत्र पठाएकी छिन्।

सहमतीय सरकार गठनका लागि दिएको एक साताको समयसीमा आइतबार सकिएपछि सोमबार मध्यान्ह राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि प्रक्रिया थाल्न पत्र पठाएकी हुन्। राष्ट्रपति कार्यलयबाट पत्र प्राप्त भएको र सभामुखले अब प्रधानमन्त्री निर्वाचनका लागि प्रकिया अघि बढाउने संसद्का प्रेस सल्लाहकार बबिन शर्माले बताए । सोमबार अपरान्ह बस्ने संसद्को बैठकमा बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट प्राप्त पत्रको जानकारी दिने र आजै प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशन गर्ने तयारी संसद् सचिचालयको छ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिनेछन्। मंगलबार उम्मेदवारी दर्तालगायतका प्रकिया हुनेछन् भने बुधबार प्रधानमन्त्रीका लागि विभाजन प्रकियाबाट मतदान हुनेछ। बुधबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्नेछन्।

व्यवस्थापिका–संसद्को बैठक सोमबार अपरान्ह तीन बजे राखिएको छ । पहिलो बैठकमा संसद्‌का पूर्वसदस्य हरीराज खेवाको शोक प्रस्ताव र दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम तय हुने छ।

राष्ट्रपति भण्डारीले साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक साताको समय दिएकी थिइन्। दलहरुबीच सहमतीय सरकारका लागि कुनै सार्थक सम्वाद भएको छैन। राष्ट्रपतिको आव्हानलाई सम्मान गर्न दलहरुले औपचारिकता मात्रै निर्वाह गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)