दमक,

मुगाधन–कृष्णकुमारी राई स्मृति प्रतिष्ठान दमकले सोमबार दमकका ज्येष्ठ नागरिकहरुलाई फलफूल तथा जुस वितरण गरेको छ ।

दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरि त्यहाँ रहेका सय बढी ज्येष्ठहरुलाई फलफूल तथा जुस वितरण गरेको हो । आफ्नी आमा कृष्णकुमारी राईको स्मृतिमा कांग्रेस नेतृ तथा केन्द्रिय सांसद महेन्द्रा कुमारी लिम्बुले फलफूल वितरण गर्नु भएको हो ।
फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो । फलफूल वितरण कार्यक्रममा संबोधन गर्दै सांसद लिम्बुले ज्येष्ठहरुको दिर्घ जीवनको कामना गर्नु भएको थियो । वहाँले आगामी दिनमा आफ्नो संस्थाले ठूलो सहयोग समेत गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

सांसद लिम्बुले आँफू सधैं जेष्ठ नागरिकहरुको पक्षमा भएकोले तपाइहरुलाइ के चाहिन्छ म त्यो सहयोग गर्न तयार छु भन्दै आफ्नो माता पिताको शालिक अनावरण कार्यक्रम पछि संस्थाले आर्थिक सहयोग समेत गर्ने प्रतिबद्धता जनाउनु भयो ।
फलफूल वितरण कार्यक्रममा कांग्रेसबाट झापा ५ बाट संघीय संसद सदस्यका उम्मेदवार भएका डाक्टर खगेन्द्र पाण्डब अधिकारी, कांग्रेस महासमिति सदस्य दिलबहादुर बुढाथोकी, महाधिबेशन प्रतिनिधि रेगिना भट्टराई, आदिवासी रंगशालाका अध्यक्ष हुकुमसिंह राई,पर्शुराम रिजाल,जितु धिमाल, आयोजक प्रतिष्ठानका अन्य पदाधिकारीहरु, सामाजिक संस्थाका प्रतिनिधिहरु, ज्येष्ठ प्रतिष्ठानका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
सो अबसरमा सांसद लिम्बुले जेष्ठ नागरिक प्रतिष्ठानको सम्मानित सदस्यता समेत लिनु भयो । वहाँले सदस्यता बापतको दस्तुर ५ हजार ५ तथा बर्षभरीको मुठीदान बापतको ३ सय ६५ रुपैया तिर्नु भएको थियोे ।

