प्यूठान ।

प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् ।

ओखरकोट-५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गते बाँदरको एक हुलले ३ रोपनी मकैबाली नष्ट गरेकोे भन्दै राहतको माग गरेका छन् ।

उनले अवस्थाको निरिक्षण गरी राहत दिन माग गरेका छन् । पोखरेलले बाँदरको आक्रमले मकै पूर्ण रुपमा नष्ट गरेको र घर भित्र रहेको अनाज समेत नष्ट गरेको निवेदनमा उल्लेख गरेका छन् ।


Views: 176

