Aamsanchar

मेलमिलाप सम्बन्धी सात दिने तालिम समापन

Author Image
बुधवार, भदौ ६, २०७५

बिर्तामोड ।

बिर्तामोड नगर पालिकास्तरिय सामुदायिक मेलमिलापका लागि सात दिने तालिमको समापन गरिएको छ ।

बिर्तामोडस्थित बडा नं १ को सभाहलमा भएको तालिममा १० बटै बडाका ३२ जनाको सहभागिता रहेको थियो । नगर उपप्रमुख तथा न्यायीक समितिकी संयोजक पबित्रा महतारा प्रसाईको अध्यक्षतामा सम्पन्न भएको समापन समारोह नगर प्रमुख ध्रुबकुमार शिबाकोटीको प्रमुख आतिथ्यतामा भएको थियो ।

सो कार्यक्रममा बडा नं १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, बडा नं २ का अध्यक्ष नगेन्द्र संगौला, प्रमुख प्रशिक्षक अधिबक्त नारायण भट्टराई, नगर प्रेस संयोजक तीर्थ सिग्देल लगायत प्रशिक्षार्थीहरु प्रेमप्रसाद खरेल, एन्बीन्द्र खत्रीले मन्तब्य राखेका थिए ।

नगर पालिकामा निर्बाचित भएयता पहिलो पटक आयोजना गरिएको यस प्रकारको तालिमले जनस्तरमा रहेका न्यायीक समस्या समाधान गर्न सहयोग पुग्ने र न्यायीक समितिमा रहेका प्रतिनिधीहरुलाई सक्षम तुल्याएको भनाइमा बक्तहरुको जोड थियो ।

सहभागीहरुलाई प्रमुख अतिथी शिबाकोटी, उप प्रमुख प्रसाई, प्रमुख प्रशिक्षक भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर