Aamsanchar

रिब्दीकोट सबै वडामा सूचना अधिकारी

Author Image
शुक्रवार, भदौ ८, २०७५

पाल्पा, 

रिब्दीकोट गाउँपालिकाको सबै वडामा सूचना अधिकारी तोकिएको छ ।

वडा नं १ मा नाप्रास वीरेन्द्र थापा, २ मा वडासहायक हुमबहादुर बरौले, ३ मा वडासहायक गणेश आचार्य, ४ मा सामाजिक परिचालक बिनु गौतम, ५ मा वडासहायक कमलप्रसाद ज्ञवाली, ६ मा नाप्रास सङ्गीता जिसी, ७ मा विष्णु थापा र ८ मा नाप्रास मीना खड्कालाई वडाका सूचना अधिकारी तोकिएको प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

कम्प्युटर अपरेटर यक्षमूर्ति न्यौपानेलाई गाउँपालिका कार्यालयको सूचना अधिकारी तोकिएको छ ।गाउँपालिका तथा वडाका काम कारबाही तथा गतिविधिबारे जानकारी दिनका लागि कर्मचारीलाई सूचना अधिकारी तोकिएको प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर