Aamsanchar

अवैध काठ सहित ट्याक्टर बरामद

Author Image
सोमवार, भदौ ११, २०७५

झापा।

प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थित होक्सेबाट अवैध काठ सहित ट्याक्टर बरामद गरिएको छ ।

आईतबार अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको गस्ती टोलीले गोप्य सुचनाको आधारमा होक्से स्थित खानेपानी ट्याङकी नजिकै मे १ त ८६५ नम्बरको ट्याक्टरमा सखुवाको अवैध काठ लोड गर्दै गरेको फेला पारेपछि काठ सहित ट्याक्टर नियन्त्रणमा लिईएको जनाइएको छ ।

बरामद काठमा सखुवाको चिरान लकडी, बाकल र मुढा रहेका छन् । काठ धनि तथा ट्याक्टर चालक फेला नपरेकोले बरामद काठ तथा ट्याक्टर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुधबारेमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Views: 129

प्रतिक्रिया (०)