झापा ।

भन्सार छलेर चोरी तस्करीको माध्यमबाट सुर्ती भित्र्याउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक व्यक्ति आइतबार पक्राउ गरेका छन्।

भारतबाट चोरी निकासीको बाटो प्रयोग गरी सुर्ती भित्र्याउने झापा गौरीगञ्ज गाउँपालिका -२ स्थित कोरोबारी निवासी २५ वर्षीय मुना राजवंशीलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
उपरीक्षक बस्नेतका अनुसार झापाको सीमावर्ती नाका गौरीगञ्जस्थित ग्वालडुब्बाबाट भन्सार छली को २ प ७४६६ नम्बरको मोटरसाइकलमा एक बोरा सुर्ती लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले राजवंशीलाई पक्राउ गरेको हो। पक्राउ परेका राजवंशीलाई सामानसहित मेची भन्सारमा बुझाउने तयारी भइरहेको जनाइएको छ।

Views: 70

