Aamsanchar

काठ तस्करी गरेको आरोपमा दुई जना पक्राउ

Author Image
मङ्गलवार, भदौ १२, २०७५

झापा ।

अवैध रुपमा ट्याक्टरमा लोड गरी काठ तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १ निवासी ३२ बर्षीय दिनेश सार्की र सोही ठाउँका ट्याक्टर चालक २४ बर्षीय दिपु परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार मेचीनगर ८ स्थित दोकानडाँडाबाट सोमबार बेलुका मे १ त ५२६७ नम्बरको ट्याक्टरमा लोड गरी गोलिया आकारका अवैध सखुवा जातका ६३ क्युफिट काठ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय काँडडभिट्टाबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो ।

यता बरामद गरिएको काठ, ट्याक्टरसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि मेचीनगरस्थित मेची सव–डिभिजन वन कार्यालयमा बुझाइसकेको प्रहरीले जनाएको छ ।

Views: 233

प्रतिक्रिया (०)