Aamsanchar

सुरुङ्गा जेसिजद्धारा नेतृत्व विकास तालिम सम्पन्न

Author Image
बुधवार, भदौ १३, २०७५

बिर्तामोड ।

नेपाल जेसिजले चार वटै क्षेत्रमा एकै साथ सुरु गरेको तालिम सप्ताह कार्यक्रम अन्र्तगत एरिया ‘ए’ अन्र्तगतको सुरुङ्गा जेसिजको संयोजनमा एक दिवसिय ‘ब्यक्ति विकास र जीवन चक्र’ विषयक तालिम बुधबार सम्पन्न भएको छ ।

सुरुङ्गा जेसिजकी तालिम संयोजक सुस्मा न्यौपानेको सयोजकत्व र सुरुङ्गा जेसिजका अध्यक्ष भीम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल जेसिजका राष्ट्रिय तालिम आयुक्त अनिल बहादुर शाही रहेका थिए ।

युवाहरुमा नेतृत्व र ब्यक्तित्व विकास गर्ने कार्यक्रमहरु गर्दै आएको सुरुङ्गा जेसिजले स्थानीय सामाजिक संघ–संस्थामा आवद्ध रहेका र नेतृत्व गर्दै आएका १० वटा संघसंस्थाबाट सहभागिता जनाएका ६० जनालाई नेपाल जेसिजका प्रशिक्षक रमेश अर्यालले सहजिकरण गरेका थिए ।

कार्यक्रममा जेसिज संस्थापक अध्यक्ष लीला चिमरिया, पूर्व अध्यक्षहरु कुमारमणी पोख्रेल, शिवकुमार कंडेल, कनकाई सामुदायिक बनका अध्यक्ष खेम ओलीले मन्तव्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि संयोजक न्यौपानेले प्रकाश पारेकी थिइन भने जेसिज आस्था बाचन वीरता लेडि जेसिजकी हिमा पौडेलले गरेकी थिइन् । कार्यक्रम सुरुङ्गा जेसिजको सभाहलमा भएको थियो ।

Views: 211

प्रतिक्रिया (०)