झापा ।

बाहुनडाँगी जेसीजको ‘जेसीज सप्ताह २०१८’ अन्तरगत बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर–४ बाहुनडाँगी बजारमा सम्पन्न तालिममा जिल्ला रेडक्रस सोसायटी झापाको प्राविधिक सहयोग रहेको थियो । तालिममा २० जनाले रक्तदान गरेका थिए ।
जेसीजका संस्थापक अध्यक्ष एवम् मेचीनगर ४ का वडा अध्यक्ष नविन बरालको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष जीवन मोतेको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत कार्यक्रम संयोजक राजेश थापा र सञ्चालन महासचिव सागर कार्कीले गरेका थिए ।

सप्ताह अन्तरगत भदौ १६ गते मिनी म्याराथुन आयोजना हुने कार्यक्रम संयोजक प्रविण भण्डारीले जानकारी दिए ।
Views: 196

