Aamsanchar

दुई विधेयक प्रमाणीकरण

Author Image
बिहिवार, भदौ १४, २०७५

मोरङ,

१ नं प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रमाणीकरण गरिएका विधेयकहरूमा जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् ।

प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि प्राप्त हुन आएको दुवै विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागार्इंले बताउनुभयो ।

हालसम्म प्रदेशसभाबाट निर्णय भई आएका १५ वटा विधेयक प्रमाणीकरण भइसकेको प्रदेश सचिव गुरागाईंको भनाइ छ ।

Views: 119

प्रतिक्रिया (०)