काठमाडौं ।

भारतीय पाँच सय र हजारदरका नोट चल्तीबाट हटेको दुई वर्ष भइसक्दा पनि भारतले साट्न नमान्दा यहाँको बैंकिङ प्रणालीमा अझै करिब ८ करोड –पाँच करोड भारु० रुपैया बराबरका नोट निक्रिय छ।

पछिल्लो महिना भारतीय पक्षले नोट सटहीसम्बन्धी कुरा सुन्नै छाडेको जानकारहरुले बताए।
भारतीय केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा ९ नोभेम्बर २०१६ को नोटबन्दी कारण प्रतिबन्धित पाँच सय र हजारका नोटमध्ये हालसम्म ९९.३ प्रतिशत फिर्ता भइसकेको जनाएको खबर कान्तिपुर दैनिकमा छ।

नेपालमा रहेका भारु नोट प्रति प्रतिवेदन मौन छ।
Views: 269

