Aamsanchar

बिर्तामोडमा द नेक्स्ट एजुकेशन

Author Image
मङ्गलवार, भदौ १९, २०७५

बिर्तामोड।

झापाको बिर्तामोडमा ‘द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी’ सञ्चालनमा आएको छ ।

उच्च तह अध्ययनका लागि अष्ट्रेलिया र न्यूर्जिल्याण्ड जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्देश्यले बिर्तामोडमा सातौँ शाखाका रुपमा द नेक्स्ट एजुकेशन कन्सलटेन्सी सञ्चालनमा आएको संस्थाका निर्देशक खड्गबहादुर ताम्लिङ लिम्बूले जानकारी दिए ।

फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीको सहकार्यमा शैक्षिक परामर्श तथा भाषा शिक्षण गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको उनले बताए ।

पछिल्लो समय उच्च तह अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थी बढेसँगै झापाको बिर्तामोडमा संस्था सञ्चालनमा ल्याएको उनले बताए ।

विद्यार्थीहरुलाई अष्ट्रेलियामा रहेको कलेज तथा युनिभर्सिटीको बारेमा जानकारी दिने, त्यहाँ पढाई हुने विषय, शुल्क तथा अन्य विविध विषय बारे जानकारी दिने आफूहरुको उद्देश्य रहेको उनले बताए ।

आफ्नो संस्थाले अष्ट्रेलियामा रहेका १८ वटा विश्वविद्यालय, ३५ वटाभन्दा बढी भेट कलेजमा उच्च तह अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने उनले बताए । संस्थामा काउन्सिलरका रुपमा सुरेन्द्र गुरागाँई र खुशी मिश्र आचार्य रहेको उनले जानकारी दिए ।

यसैबीच द नेक्स्ट एजुकेशन कन्सलटेन्सीले भोलि बुधवार सेमीनार गर्ने उनले बताए । बुधवार हुने सेमीनारमा अष्ट्रेलियाका दुई वटा युनिभर्सिटी र आठ वटा भेट कलेजहरुका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई अष्ट्रेलियाका विविध विषयमा जानकारी दिने उनले बताए ।

Views: 144

प्रतिक्रिया (०)