Aamsanchar

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज

Author Image
बिहिवार, साउन २०, २०७३

काठमाडौँ। 

 

bfxfn g]kfnsf] #( cf}F k|wfgdGqL g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn g]kfnsf] #( cf}F k|wfgdGqLdf lgjf{lrt ePkl5 clejfbg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गराउने तयारी गरेको छ ।  नवनिर्वाचित प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुहुने छ ।

प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयले आवश्यक तयारी सुरु गरेको जानकारी राष्ट्रपतिका स्वकीय जनसम्पर्क सचिव जीवछ साहले दिनुभयो ।
राष्ट्रपति कार्यालयको अग्रभागमा हुने शपथ ग्रहण समारोहका लागि राष्ट्रपति कार्यालय सिँगार्ने काम पनि सुरु भइसकेको छ ।  व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्तीले बुधबार नै नयाँ प्रधानमन्त्री निर्वाचित भएको व्योहोराको पत्र राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्नुभएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री दाहालका स्वकीय सचिव जोखबहादुर महराका अनुसार, बिहीबार नै छरितो मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बिहीबार पहिलो चरणमा सात जनाको मन्त्रिपरिषद् गठन हुने सम्भावना छ ।  स्रोतका अनुसार प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीको तर्फबाट तीन/तीन जना मन्त्री समेटेर मन्त्रिपरिषद् बन्नेछ । 

सरकारमा माओवादीको तर्फबाट कृष्णबहादुर महरा, राम कार्की र जनार्दन शर्मा सहभागी हुने बताइएको छ । स्रोतका अनुसार प्रभावशाली मन्त्रालयमध्ये काँग्रेसले गृह, परराष्ट्र, भौतिक योजनालगायतका १३ वटा र माओवादीले अर्थ, स्थानीय विकास, शिक्षालगायत ८ वटा मन्त्रालय पाउने करिब टुङ्गो लागेको छ ।  यसको अन्तिम निर्णय भने हुन बाँकी रहेको बताइएको छ ।
प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेपछि काँग्रेस र माओवादीले बनाएको संयन्त्रका एक सदस्यले अर्थ र गृहबाहेकका अन्य कुन मन्त्रालयहरू कसले लिने भन्नेबारे बुधबार अबेरसम्म पनि टुङ्गो लाग्न नसकेको बताउनुभयो ।  अर्थ मन्त्रालय माओवादीले र गृह काँग्रेसले लिने निश्चित भइसकेको जानकारी दिँदै उहाँले बाँकी मन्त्रालयहरू टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो ।
माओवादीबाट अघिल्लो पटक शिक्षामन्त्री बन्नुभएका गिरिराजमणि पोखरेल दोहोरिने सम्भावना छ ।  उहाँको विकल्पमा धनीराम (डीआर) पौडेललाई हेरिएको छ । यसबाहेक दलजित श्रीपाली, प्रभु शाह र सरिता नेपालीको पनि सम्भावना रहेको एक नेताले जानकारी दिनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर