Aamsanchar

दाह्री ग्याङद्धारा रक्तदान

Author Image
बिहिवार, भदौ २१, २०७५

बुधबारे ।

सामाजिक कार्यमा सक्रिय रहेको युवाहरुको सामाजिक संस्था दाह्री ग्याङ झापाले बुधबार बुधबारे बजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

जिल्ला रेडक्रस झापाको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेको दारी ग्याङ का गोकुल पौड्यालले जनाएका छन् ।

सो समुहले विभिन्न ठाउँमा विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको छ ।

Views: 268

प्रतिक्रिया (०)