दमक ।

झापाको लखनपुरस्थित रबि पेट्रोलपम्प नजिक पाडाजुंगीमा बिहिबार साँझ गम्भिर दुर्घटना भएको छ ।

दुर्घटनामा परेर दमकमा किचन आइटमका ब्यवसायी मोहन पौडेल गम्भिर घाइते भएका छन् । उनको दमकस्थित लाइफलाइनमा उपचार हुन नसकेपछि बिर्तामोडको बिएण्डसि अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
भारतीय लहरीले हानेर भागेपछि प्रहरीले दमक पशुहाट नजिक सबै लहरी तथा ट्रक रोकेर जाँच गरेको थियो । साँझ परेपछि लहरी आंतक नै हुने गरेको बताइएको छ । ठक्करदिने सवारीको विषयमा अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Views: 228

