
अर्जुनधारा–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसले पाँचौ क्याम्पस संचालन परिषद् भेला सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी रहेका अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले नीति, विधिका कारणले प्राविधिक समस्या रहेको बताउँदै इमान्दारिता पूर्वक न्यायोचित वितरण प्रणाली अपनाई वैज्ञानिक तरिकाले अघि बढ्ेको बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सरोज कुमार ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा समितिका संयोजक तुलसी प्रसाद खतिवडाले आ.ब. ०७४÷०७५ को आय व्ययको लेखा प्रतिवेदन संक्षिप्त विवरण प्रस्तुत गरेको थिए । खतिवडाले प्रस्तुत गरेको प्रतिवेदनमा आय तर्फ ८३ लाख ५३ हजार ३ सय ३९ रुपैंया २० पैंसा र व्यय तर्फ १ करोड ७ लाख ५ सय ६२ रुपैंया पाँच पैसा रकम सार्वजनिक गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष हेमराज खरेलको स्वागत रहेको कार्यक्रममा वडा–३ का अध्यक्ष जीवन कुमार भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा बार्षिक गतिविधि सहित भावी कार्यनीति समावेश गरिएको प्रतिवेदन क्याम्पस प्रमुख मोहन प्रसाद ओलीले प्रस्तुत गरेका थिए ।
बाणिज्य संकाय तर्फ स्नातक तहमा ६५.०६ प्रतिशत ल्याएर उतीर्ण विद्यार्थी गंगा प्रसाद प्रसाईलाई ५ हजार नगद सहित प्रंशशा पत्रले नगर प्रमुख हरि कुमार रानाले उनका बुबा पुण्य प्रसाद प्रसाईलाई सम्मान गरेका थिए ।
कार्यक्रममा ७ का वडाअध्यक्ष नवीन ढुङ्गाना, पूर्वाधार संयोजक रमेश त्रिखत्री, ८ का वडाअध्यक्ष गोपिचन्द्र गौतम, सामाजिक विकास समिति संयोजक दिलिप गुरुङ, शनिश्चरे मा.वि.का प्रध्यानध्यापक भैरव पौडेल, नगर शिक्षक महासंघ अध्यक्ष पुण्य सुवेदी, शनिश्चरे खानेपानी अध्यक्ष शंकर सुवदी, शिक्षा शाखा अधिकृत जानुका गुरागाई, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष अमित खम्बु लगायतको आतिथ्यता रहेको कार्यक्रम संचालन प्राचार्य कृष्ण बहादुर थापाले गरेका थिए ।

