Aamsanchar

एक करोड ३१ लाख ठगी गर्ने पक्राउ

Author Image
सोमवार, भदौ २५, २०७५

काठमाडौँ, 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिने भन्दै रु एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले दनुवार विमान सेक्युरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष भनी जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका ३३ वर्षीय सविनप्रकाश दनुवारलाई आइतबार बसुन्धराबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले २८ जनासँग प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म ठगी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो । दनुवारलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालत बुझाएको छ ।

सोही मुद्दामा पीडितको उजुरीका आधारमा ब्यूरोले नुवाकोटका ३३ वर्षीय सरिता गुरुङ र उदयपुरका २३ वर्षीय लालमणि दनुवारलाई यसअघि नै पक्राउ गरेको थियो ।

अनुसन्धानपश्चात ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशले रु १० लाख धरौटी माग गरेकामा गुरुङ तिर्न नसकी कारागार चलान भएकी थिइन् भने दनुवार धरौटी राखेर तारिखमा छुटेका थिए ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर