Aamsanchar

६ पुरुषद्धारा सम्बन्धविच्छेदको मुद्दा दर्ता

Author Image
सोमवार, भदौ २५, २०७५

भोजपुर,

नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै भोजपुरमा छ जना पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।

नयाँ मुलुकी संहिता जारी भएपछि श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि भएको जिल्ला अदालत भोजपुरले जनाएको छ । छवटा मुद्दा दर्ता भएकामा एउटाको फैसला भएको अदालतका सूचना अधिकारी मणिराम पोखरेलले बतानुभयो ।

भदौ महिनामा सम्बन्धविच्छेदका १० वटा दर्ता भएकामा छ वटा पुरुषले दर्ता गराएको उहाँको भनाइ छ । सम्बन्धविच्छेद गर्न चाहने पुरुषमा अधिकांश वैदेशिक रोजगारीमा गएर फर्केका रहेका छन् ।

विदेशबाट फर्केकाले आफ्नो कमाइको रकम सबै श्रीमतीले अनावश्यक ढङ्गले खर्च गरेर सकेको, परपुरुषसँग लागेको जस्ता आरोप देखाउँदै मुद्दा दर्ता गराएको पोखरेलको भनाइ छ ।

Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर