


चारपाने,कार्तिक १६ । आज झापाको कनकाई नगरपालिका सुरुङ्गामा चिमरिया बन्धुको केन्द्रिय भेला सम्पन्न भएको छ ।
नेपाल, भारत, भुटान र मेनमारमा बसोबास गर्ने चिमरिया बन्धुहरुविच आपसि एकता र भाइचारा स्थापित गर्ने उद्धेश्यले चिमरिया बन्धु प्रतिष्ठान नेपालको समेत गठन गरिएको छ । घनश्याम चिमरिया (झापा)को अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा प्रेम चिमरिया (झापा), बिष्णुबहादुर चिमरिया (काभे) र राम चिमरिया (दोलखा) चयन भएका छन ।


त्यसैगरि महासचिवमा पर्वत चिमरिया ( तेह्रथुम) , सचिवमा तुलसीप्रसाद चिमरिया (झापा ) र कोषाध्यक्षमा लीलाप्रसाद चिमरिया ( झापा ) र सहकोषाध्यक्षमा बलबहादुर चिमरिया (ताप्लेजुङ्ग) रहनुभएको छ ।सदस्यहरुमा शिवनाथ चिमरिया, टंकप्रसाद चिमरिया , गोपाल चिमरिया, धनमाया चिमरिया, मेदनी बहादुर चिमरिया, कृष्णबहादुर खत्री चिमरिया , धनपति चिमरिया, बद्री चिमरिया, नवराज चिमरिया, विष्णु चिमरिया, अशोक चिमरिया, विष्णुमाया चिमरिया, र यमुना चिमरिया रहनुभएको छ ।


यसैविच बन्धुले केन्द्रिय कार्यालय स्थापनाका लागि झापाको सुरुङ्गामा १५ कठ्ठा जमिन समेत खरिद गरिसकेको र आगामी केहिदिनदेखि संस्थाको भवनसमेत निर्माण थालिने प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष लीलाप्रसाद चिमरियाले बताउनुभयो । समाजका अध्यक्ष घनश्याम चिमरियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति कनकाई नगरपालिका वाडा नम्बर ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया रहनुभएको थियो भने चिमरिया भेलाको औचित्यमाथि नेत्रप्रसाद चिमरियाले प्रकास पारेका थिए । कार्यक्रमको संचालन महासचिव पर्वत चिमरियाले गरेका थिए ।

