Aamsanchar

उपत्यकासहित देशभर चिसो बढ्यो

Author Image
आइतवार, कार्तिक १८, २०७५

काठमाडौँ, 

वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चिसो क्रमिकरुपमा बढ्ने क्रममा रहेको छ ।

तापक्रम घटेपछि उपत्यकामा बिहान र बेलुकी बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको उहाँले बताउनुभयो । लामो समयसम्म पानी नपरेकाले धूलोका कारण वायुमण्डल प्रदूषित भएको मौसमविद् अर्यालले बताउनुभयो ।

अझै केही दिन पानी नपर्ने बताइएको छ । उपत्यकाको अझै तापक्रम घटेर शून्य डिग्रीमा पुग्ने अनुमान गरिएको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिकलाई सजग गरिएको छ ।

Views: 131

प्रतिक्रिया (०)