Aamsanchar

घुस लिएको अभियोगमा वन अधिकृत पक्राउ

Author Image
आइतवार, कार्तिक १८, २०७५

काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६० हजार घुस लिएको अभियोगमा वन कार्यालय उदयपुरमा कार्यरत सहायक वन अधिकृत सत्यनारायण साह रौनियारलाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत सङ्कलन गरी घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रियुगा नगरपालिका–१२ बाट पक्राउ गरिएको हो । आरोपी रौनियारको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले युगज्योति माध्यमिक विद्यालय, देवदह, रुपन्देहीका प्रधानाध्यापक शिवप्रसाद ढुङ्गानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Views: 125

प्रतिक्रिया (०)