Aamsanchar

बालाजी टोलमा सामुहिक गाई पूजा

Author Image
बिहिवार, कार्तिक २२, २०७५

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका–५ का स्थानीयले बिहिबार सामुहिक रुपमा गाई र गोरुको पूजा गरेका छन् ।

गौ माताको संरक्षण गर्दै गत वर्षबाट बिर्तामोड स्थित बालाजी टोल विकास संस्थाले सामुहिक रुपमा गाईपूजा गर्दै आएको हो । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि भएको पडिण्त लक्ष्मीप्रसाद खतिवडाले बताए ।

उनले नेपालमा गौ माताको संरक्षण गर्दै मुलुकलाई हिन्दुराष्ट्र बनाउन माग गरे । महिलालाई विभिन्न देवीका रुपमा पूजा गरिने नेपालमा पछिल्लो समय महिलामाथि कुदृष्टी लगाउने बढेको भन्दै यस विरुद्ध कडा रुपमा प्रस्तुत हुन सरकारलाई सुझाव समेत दिएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथी खतिवडाले गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने बताए ।


कार्यक्रमकी प्रमुख अतिथी संघिय सासंद पवित्रा निरौला खरेलले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएकाले सबै धर्मको उच्च सम्मान गर्नुपर्ने धारणा ब्यक्त गरिन् ।

उनले गाईको पूजा गर्दै बालाजी टोलका बासिन्दाले आफ्नो संस्कृति संरक्षणमा लागेको भन्दै आफ्नो संस्कार र परम्परालाई बचाई राख्नुपर्ने विचार बयक्त गरिन् ।

उनले तिहारले दाजुभाई–दिदीबहिनी बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भन्दै पछिल्लो समय महिलामाथि भएका हिंसा विरुद्ध सरकार डटेर लाग्ने विश्वास ब्यक्त गरेकी छन् ।

कार्यक्रममा पूर्वसंसाद सुधिर शिवाकोटी, बिर्तामोड–५ का स्थानीय जनप्रतिनिधि, पण्डित होमनाथ खनाल, वेदप्रकाश अग्रवाल, प्रकाश शिवाकोटी, वीरु दर्नाल लगायतका विशिष्ट ब्यक्तिको सहभागिता रहेको थियो ।

बालाजी टोल विकास संस्थाका अध्यक्ष नन्दीकेशर निरौलाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालान सचिव ज्ञानेन्द्र अधिकारीले गरेका थिए ।

Views: 398

प्रतिक्रिया (०)