Aamsanchar

विद्यालयमा तीन लाखको अक्षयकोष स्थापना

Author Image
बिहिवार, कार्तिक २२, २०७५

मङ्गलवारे,

फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माविमा स्थानीय समाजसेवीले तीन लाख रूपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

स्वर्गीय शिक्षक हरिप्रसाद श्रेष्ठको नाममा उहाँकी धर्मपत्नी गीता प्रधानले एक लाख तथा स्वर्गीय हजुरबुबा मित्रलाल खनालको नाममा नाती हरिप्रसाद खनाल र नातिनी बुहारी सन्दीपा खनालले दुई लाख एक हजार १११ रूपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

उक्त कोषको ब्याजबाट हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ । उक्त रूपैयाँ बराबरको चेक विद्यालयका प्रधानाध्यापक विष्णु कटुवाललाई हस्तान्तरण गर्नुभयो । अक्षयकोष दातालाई विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको छ ।

समाजसेवी हरिप्रसाद खनालले यसअघि दोलखाका भूकम्पपीडित, ताप्लेजुङका आगलागी पीडित, माईभगवती वृद्धाश्रमका वृद्धवृद्धा तथा राहसल बाल अनाथलयका अनाथ बालबालिकालाई राहत वितरण गरिसक्नुभएको छ ।

Views: 137

प्रतिक्रिया (०)