Aamsanchar

झडपमा नौ घाइते, १० पक्राउ

Author Image
शुक्रवार, कार्तिक २३, २०७५

खजुरा,

बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँुदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् ।

गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् । उक्त गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए ।

Views: 356

प्रतिक्रिया (०)