Aamsanchar

अनुसन्धान कार्यालयको उद्घाटन

Author Image
बुधवार, कार्तिक २८, २०७५

डोटी, 

डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) को जिल्ला कार्यालय भवनको उद्घाटन गरिएको छ ।

राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक (चिफ) दिलीपराज रेग्मीले आज उक्त कार्यालय भवनको उद्घाटन गर्नुभयो । रु एक करोड तीन लाखको लागतमा उक्त भवन निर्माण गरिएको राष्ट्रिय अनुसन्धान कार्यालय डोटी प्रमुख तथा अनुसन्धान अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

सहायक अनुसन्धान अधिकृत वीरबहादुर भण्डारीले भन्नुभयो, “हामीसँग भवन थिएन काम गर्न केही असजिलो भएको थियो, अहिले आफ्नै भवन पायौँ यसैमा खुशी छौँ ।” नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक रेग्मीले अनुसन्धानका कर्मचारीले विगतभन्दा झन् चनाखो र फूर्तिलो भएर काम गर्न निर्देशन दिनुभयो ।

Views: 435

प्रतिक्रिया (०)

सम्बन्धित खबर