Aamsanchar

विराटनगरको विकासबारे प्रदेश प्रमुखको चासो

Author Image
शुक्रवार, कार्तिक ३०, २०७५

विराटनगर, 

प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ्ले विराटनगरमा भइरहेको विकास, निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ ।

विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई  प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरमा भइरहेका विकासका गतिविधिबारे जानकारी लिनुभएको हो ।

विराटनगर प्रदेश नं १ को अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले विराटनगरमा के हुँदैछ भनेर उहाँले बुझ्न खोजेको महानगरका प्रमुख पराजुलीले जानकारी दिनुभयो । प्रदेश प्रमुखले आफूलाई विराटनगरलाई नमूना शहर बनाउन सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख पराजुलीले विराटनगर महानगरभित्र भ्यू टावर निर्माण, विराट राजाको दरबारको प्रवद्र्धन, ४०० किमी सडक कालोपत्र गर्ने काम, वैकल्पिक मार्गको विस्तारजस्ता विकास निर्माण कार्य अघि बढेको जानकारी गराउनुभएको थियो ।

Views: 114

प्रतिक्रिया (०)