Aamsanchar

हिंसापिडित महिलालाई १७ वर्षपछि नागरिकता

Author Image
शुक्रवार, कार्तिक ३०, २०७५

पर्वत, 

श्रीमान्को इन्कारीका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।

परियारका श्रीमान् गोविन्द दमाईका कारण घरेलु हिंसा खेप्नुका साथै विभिन्न अवसरबाट वञ्चित परियारले ससुरा ठूले दमाईले सनाखत गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनुभएको हो ।

पीडित परियारले आफू श्रीमान्बाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको भन्दै २०७५ कात्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन दिनुभएको थियो । उक्त निवेदनको आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडा अध्यक्ष टुङ्गनाथ शर्मा र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष पटकपटक आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिनुभयो ।

नागरिकता प्राप्त गरेपछि परियारले आफ्नो अधिकार खोज्ने ढोका बल्ल खुलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर