Aamsanchar

घुस माग्ने प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

Author Image
सोमवार, मंसिर ३, २०७५

काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एक सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिने भन्दै प्रहरी निरीक्षक श्रेष्ठले रु १५ हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

Views: 105

प्रतिक्रिया (०)