Aamsanchar

दमकमा १२ बर्षीया बालिकामाथि बलात्कार

Author Image
मङ्गलवार, मंसिर ४, २०७५

झापा ।

झापाको दमकबाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका ६ घर भइ हाल दमक नगरपालिका ३ मा डेरा गरी बस्ने २५ बर्षीय दिपक धमला रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार धमलाले सोमबार राती साढे ८ बजे सोही स्थान बस्ने १२ बर्षीया बालिकालाई ललाई फकाई नजिकै रहेको हम्सेदुम्से सामुदायिक जंगलमा लगेर करणी गरेको भनि स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न धमलालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर