Aamsanchar

धनकुटामा जीप दुर्घटना, एककाे मृत्यु

Author Image
शुक्रवार, मंसिर ७, २०७५

धनकुटा,

धनकुटामा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ।

धनकुटा नगरपालिका वडा २ मा पर्ने हिले भीरगाँउ ग्रामिण सडकमा को १ ज १६५४ नम्बरको तरकारी बोक्ने पिकअप सडकबाट खसेर दुर्घटना हुँदा पिकअप चालक धनकुटा नगरपालिका २ भीरगाँउका ४१ वर्षिय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार राति साढे सात बजेतिर धनकुटा नगरपालिका वडा नं. २ भीरगाँउको ढाँडखर्क सामुदायिक वन नजिकै उक्त दुर्घटना भएको प्रहरी चौकी हिलेका इन्चार्ज यदु कुमार खड्काले जानकारी दिए।

दुर्घटनामा परेको पिकअप अनियन्त्रित भइ सडकबाट डेढ सय मिटर तल झरेको थियाे।

Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर