Aamsanchar

१४ वटै जिल्लाका दशनामीहरुको तथ्याङ्क संकलन गरिने

Author Image
शनिवार, मंसिर ८, २०७५

बिर्तामोड ८ मंसीर । नेपाल दशनामी समाज प्रदेश नम्बर १ ले प्रदेशका १४ वटै जिल्लाका दशनामीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । समाजको शनिवार झापाको बुट्टावारीमा दशनामीहरुले निर्माण गरेको नयाँ भवनमा वसेको प्रदेश १ को दोस्रो वैठकले १४ वटै जिल्लामा दशनामी अतिथिगृहका लागि समेत पहल गर्ने निर्णय गरेको हो । सोही अवसरमा प्रदेशले परामर्श कार्यक्रममा समेत सम्पन्न गरेको थियोे ।

नेपाल दशनामी समाज प्रदेश नम्बर १ का अध्यक्ष चन्द्रप्रसाद गिरीको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष गोविन्दबिक्रम गिरीको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
स्वागत समाजका प्रदेश नं. १ उपाध्यक्ष टिकाबहादुर वनले गरेको कार्यक्रममा समाजका प्रदेश १ का युवा अध्यक्ष जंगराज गिरी, समाजकी महिला अध्यक्ष फुलकुमारी पुरी, केन्द्रीय सदस्य तथा युवा संयोजक अशोक गिरी, जिल्ला उपाध्यक्ष एलवी गिरी, पाँचथर अध्यक्ष राजकुमार भारती, केन्द्रीय सल्लाहकार केदारप्रसाद गिरी, पूर्व जिल्ला सल्लाहकार लवकुश गिरी, १ नं. प्रदेश सल्लाहकार दलबहादुर गिरी, केन्द्रीय सदस्य डम्वर वनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वैठकले प्रदेश महिला सदस्यमा सुशिला गिरी र प्रदेश सदस्यमा बालकृष्ण गिरीलाई मननेनित गरेको र अन्य जिल्लाबाट पनि प्रदेशको महिला र युवा सदस्यहरु मनोनित गरेको अध्यक्ष गिरीले बताए । कार्यक्रममा समाजका झापाका विभिन्न नगर तथा गाउँपालिकाका प्रतिनिधिसहित प्रदेश नं. १ का विभिन्न तह र तप्कामा रहेका समाजका प्रतिनिधिहरको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रेमराज भारतीले गरेको थिए ।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर